मान्छेलाई एक दिन निद्रा परेन भनेपनि कस्तो अप्ठेरो महसुस हुन्छ र स्वास्थ्यमै खराब असर पर्छ । यदि १० वर्षसम्म नसुत्नेहो भने के हालत होला ? एकचोटी कल्पना गर्नुस् त ।

तर भारतका एक व्यक्ति पछिल्लो १० वर्षसम्म निदाउनुको त के कुरा आँखा झिमिक्क समेत पारेका छैनन् । उत्तर प्रदेशको कुशीनगरस्थित रामकोला क्षेत्रमा बस्ने हंसराज नामका व्यक्तिले पछिल्लो १० वर्षमा आँखा झिम्क्याएकै छैनन् । ७० वर्षका हंसराज आँखा नझिम्क्याइकन बस्ने गरेका छन् ।

करीब १० वर्षपहिले उनी बिरामी परेका थिए । पारिवारिक विवादका कारण तनाव समेत बढ्दै जाँदा उनी बिरामी परे र उनी अनिद्राका सिकार भए ।

हुँदाहुँदा त उनले आँखा समेत झिम्किन छाडे ।

अहिले डाँडापारीको जुन भैसकेका हंसराजलाई बुढ्यौलीमा यो अनौठो रोगले निकै पिर पारेको छ ।